सपनीमा मेरो तस्वीर बगाएको देखें
झस्केनी अर्कै केटाले भगाएको देखें
विश्वास गर्न कठिन भयो चिहाएर हेरें
स्वंयवरको माला एउटा मगाएको देखें
छिन्यो नि मुटू मेरो आँशुधारा बग्न थालें
मन थामी हेरा सुन्दर लगाएको देखें
साहनलाई गाह्रो भयो मुर्दा बनी ढाल्न पुगें
विपनीमा ुविनोु भन्दै जगाएको देखें
Monday, November 17, 2008
गजल
म त अब बाँच्न सक्दिन होला
छिन छिनको पीडा रोक्दिन होला
भन्नु आफ्नो कसै रहेनछ यहाँ
देखेर मेरो वियोकान्त सोद्धिन होला
बाँच्न पनि तड्पेको यो जोवन
निर्जिव भए यो सस्ती बोक्दिन होला
रचेको मानव आट्केको सासले
मरे पछि को-कस्ले खोज्दिन होला ।
छिन छिनको पीडा रोक्दिन होला
भन्नु आफ्नो कसै रहेनछ यहाँ
देखेर मेरो वियोकान्त सोद्धिन होला
बाँच्न पनि तड्पेको यो जोवन
निर्जिव भए यो सस्ती बोक्दिन होला
रचेको मानव आट्केको सासले
मरे पछि को-कस्ले खोज्दिन होला ।
गजल
दुई मुटूको मिलन हो माया छुट्नै नसक्ने
पारैले जति खोसे पनि लुट्नै नसक्ने
अचम्बरी यो हामी बीचको माया
जति रिस राग भएपनि चुट्नै नसक्ने
बाचा-बन्धन सँगै बाच्नेको गथ्र्यों हामी
कुन पापी दैवले गरायो भेट्नै नसक्ने
उनी- म वीचको त्यो सुन्दर जोडीलाई
रुवायो आँशुधारा बगाएर सुत्नै नसक्ने
पारैले जति खोसे पनि लुट्नै नसक्ने
अचम्बरी यो हामी बीचको माया
जति रिस राग भएपनि चुट्नै नसक्ने
बाचा-बन्धन सँगै बाच्नेको गथ्र्यों हामी
कुन पापी दैवले गरायो भेट्नै नसक्ने
उनी- म वीचको त्यो सुन्दर जोडीलाई
रुवायो आँशुधारा बगाएर सुत्नै नसक्ने
गजल
जीर्ण जिन्दगीको भरोस के नै छ यहाँ
जन्म पछि मृत्युको नियम नै छ यहाँ
मानव रहित अनौठो पृथ्वी गुफ भित्र
रुन्छ, हाँस्छ जे गर्छ उही तंरग सुनिन्छ यहाँ
यहाँ बनेका छन् शेरहरु थरीथरीका
अरुप्रति ईष्र्या र द्वेष भावना पलाउन थाल्छ यहाँ
लालसा मै आनन्दलाई लखेट्दैछौं हामी
सबै काल्पानिक वैभव प्राप्त गर्ने स्वप्ना देख्छ यहाँ
जन्म पछि मृत्युको नियम नै छ यहाँ
मानव रहित अनौठो पृथ्वी गुफ भित्र
रुन्छ, हाँस्छ जे गर्छ उही तंरग सुनिन्छ यहाँ
यहाँ बनेका छन् शेरहरु थरीथरीका
अरुप्रति ईष्र्या र द्वेष भावना पलाउन थाल्छ यहाँ
लालसा मै आनन्दलाई लखेट्दैछौं हामी
सबै काल्पानिक वैभव प्राप्त गर्ने स्वप्ना देख्छ यहाँ
गजल
तिमीले मलाई छाडी जाँदा दुनियाँको ताली भयो
मेरो जीवन तिम्रा लागि जाल हाल्ने झाली भयो
आफैं भन्दा बेसी माया तिमीलाई नै गथ्र्यो म त
त्यति चोखो धेरै माया गरी हृदय खाली भयो
तिम्रो माया ९९ सय मेरो माया १०० थियो
मेरो माया अहिले कठै फूल झारेको डाली भयो
दुबो फैलाए जस्तैै तिम्रो माया मौलाहोस
तिमी विना नाता जोड्नु ठूलो झुल यसपाली भयो
चोखो माया लगाउँछु भन्थ्यो सँधै-सँधै पहिले तिमी
तिम्रो स्वार्थी माया अहिले यो अभाग्यलाई गाली भयो
मेरो जीवन तिम्रा लागि जाल हाल्ने झाली भयो
आफैं भन्दा बेसी माया तिमीलाई नै गथ्र्यो म त
त्यति चोखो धेरै माया गरी हृदय खाली भयो
तिम्रो माया ९९ सय मेरो माया १०० थियो
मेरो माया अहिले कठै फूल झारेको डाली भयो
दुबो फैलाए जस्तैै तिम्रो माया मौलाहोस
तिमी विना नाता जोड्नु ठूलो झुल यसपाली भयो
चोखो माया लगाउँछु भन्थ्यो सँधै-सँधै पहिले तिमी
तिम्रो स्वार्थी माया अहिले यो अभाग्यलाई गाली भयो
Friday, October 31, 2008
गजल
पीर पोख्न सँगी नपाएर आफैमा गुटमुटिन थालें
भावना र चेतनाका मान्छेवीच कल्पीन थालें
सान्त्वना खोज्न मैले अस्तिकवादको ढुङ्गाहरु धेरै पुजें
आफ्नो वास्तविक रुप ठम्याउन सकिन आफैमा त्रुटी खोज्न थालें
सफलताले ममा साहस फुक्यो नयाँ चेतना भरेर प्रेरण दिएँ
चुलबुले कल्पना माथि जिन्दगीले छामछुम गर्न थालें
मलाई एउटा चस्को लागेको छ मानव इतिहास पढें
चस्काई चर्किरहेको छ अर्कोपट्टी कोल्टे फेरेर विस्रन थालें
मासिनबाट पन्छिए झैं दुनियाँबाट टाढा भएँ
वाक्क भएर आत्महत्या गर्न खोज्दा उही समाज गिज्याउन थालें
भावना र चेतनाका मान्छेवीच कल्पीन थालें
सान्त्वना खोज्न मैले अस्तिकवादको ढुङ्गाहरु धेरै पुजें
आफ्नो वास्तविक रुप ठम्याउन सकिन आफैमा त्रुटी खोज्न थालें
सफलताले ममा साहस फुक्यो नयाँ चेतना भरेर प्रेरण दिएँ
चुलबुले कल्पना माथि जिन्दगीले छामछुम गर्न थालें
मलाई एउटा चस्को लागेको छ मानव इतिहास पढें
चस्काई चर्किरहेको छ अर्कोपट्टी कोल्टे फेरेर विस्रन थालें
मासिनबाट पन्छिए झैं दुनियाँबाट टाढा भएँ
वाक्क भएर आत्महत्या गर्न खोज्दा उही समाज गिज्याउन थालें
Friday, July 25, 2008
गजल
विनो दुखिया लामा
पुँडीटार-९, लखनपुर, रामेछाप
शङ्कै लाग्छा बंश सँधै मरिर्ने पो हो कि
फुल्नै नपाई कोपिलामै झरिर्ने पो हो कि
ग्रह लाग्दा रहू केतू दशा विगि्रए छ
ओछ्यानमा पल्टि थला परिर्ने पो हो कि
रुदै बस्नु बाहेक अरु विकाल्प नै छैन
भोलि झिम्टा सहित बसाइँ सरिर्ने पो हो कि
अतिदृष्टि अनाहदृष्टि सबै आयो जिन्गदीमा
पापी पेट धन्न घाँस चरिर्ने पो हो कि
शङ्कै लाग्छा…
पुँडीटार-९, लखनपुर, रामेछाप
शङ्कै लाग्छा बंश सँधै मरिर्ने पो हो कि
फुल्नै नपाई कोपिलामै झरिर्ने पो हो कि
ग्रह लाग्दा रहू केतू दशा विगि्रए छ
ओछ्यानमा पल्टि थला परिर्ने पो हो कि
रुदै बस्नु बाहेक अरु विकाल्प नै छैन
भोलि झिम्टा सहित बसाइँ सरिर्ने पो हो कि
अतिदृष्टि अनाहदृष्टि सबै आयो जिन्गदीमा
पापी पेट धन्न घाँस चरिर्ने पो हो कि
शङ्कै लाग्छा…
गजल
विनो दुखिया लामा
पुँडीटार-९ लखनपुर रामेछाप
ढुङ्गाले नै डुबाउछ छाल पर्खिबस्नेलाई
जिन्दगीले नै रुवाउछ काल पर्खिबस्नेलाई
बुद्धभूमि पनि आज युद्ध भूमि जस्तो भयो
तरवारले नै सिध्याउछँ ढाल पर्खिबस्नेलाई
हाँसो जस्तो तर्के झारी रुवाएर जान्छा कतै
आशुले नै डुबाउछ ताल पर्खिबस्नेलाई
जिन्दगीको जुवा खेल्न छडिसके सबैले नै
कति दुःख भएछ खाल पर्खिबस्नेलाई
कसरी यो सम्झाउनु कसरी पो फकाउनु
भान्छा उठे सकिए पछि थाल पर्खिबस्नेलाई
ुविनोु लाई नै पिन्जाडमा नदेखेर होला आज
सारै रिस उठेको छ जाल पर्खिबस्नेलाई
ढुङ्गाले नै…
पुँडीटार-९ लखनपुर रामेछाप
ढुङ्गाले नै डुबाउछ छाल पर्खिबस्नेलाई
जिन्दगीले नै रुवाउछ काल पर्खिबस्नेलाई
बुद्धभूमि पनि आज युद्ध भूमि जस्तो भयो
तरवारले नै सिध्याउछँ ढाल पर्खिबस्नेलाई
हाँसो जस्तो तर्के झारी रुवाएर जान्छा कतै
आशुले नै डुबाउछ ताल पर्खिबस्नेलाई
जिन्दगीको जुवा खेल्न छडिसके सबैले नै
कति दुःख भएछ खाल पर्खिबस्नेलाई
कसरी यो सम्झाउनु कसरी पो फकाउनु
भान्छा उठे सकिए पछि थाल पर्खिबस्नेलाई
ुविनोु लाई नै पिन्जाडमा नदेखेर होला आज
सारै रिस उठेको छ जाल पर्खिबस्नेलाई
ढुङ्गाले नै…
Sunday, June 8, 2008
तिमीसँगै
विनो दुखिया लामा
लखनपुर-९, रामेछाप
lama_bhinu98@yahoo.com
घनघश्यको उकालो
सगरमाथाको बेसक्याम
चन्द्रमा र मङ्गल ग्रहको यात्रा
एटलन्टीका महासागरको छालमा
आफ्नै घरको अँगानीमा
भएको अभास अझै लाग्छ
एक छिन टक्क ! उभिन्छु
सोच्छु त्यो कल्पनिक पो रहेछ
आखिर उ त एउटा
प्रतिविम्ब पो रहेछ
एउटा अदृश्य मात्र पो रहेछ
फेरी सोच्छु
तिमी सँगै हुन्छु
म र तिमी विनाको
यो भौतिक संसार
अपूरो/अपुग पो रहेछ
एउटा विहानी यात्राको
हामी यात्री रहेछ
अनि गन्तव्य विनाको
बगिरहने समयको चाल रहेछ
गति रहेछ
समय रहेछ
समाप्त
लखनपुर-९, रामेछाप
lama_bhinu98@yahoo.com
घनघश्यको उकालो
सगरमाथाको बेसक्याम
चन्द्रमा र मङ्गल ग्रहको यात्रा
एटलन्टीका महासागरको छालमा
आफ्नै घरको अँगानीमा
भएको अभास अझै लाग्छ
एक छिन टक्क ! उभिन्छु
सोच्छु त्यो कल्पनिक पो रहेछ
आखिर उ त एउटा
प्रतिविम्ब पो रहेछ
एउटा अदृश्य मात्र पो रहेछ
फेरी सोच्छु
तिमी सँगै हुन्छु
म र तिमी विनाको
यो भौतिक संसार
अपूरो/अपुग पो रहेछ
एउटा विहानी यात्राको
हामी यात्री रहेछ
अनि गन्तव्य विनाको
बगिरहने समयको चाल रहेछ
गति रहेछ
समय रहेछ
समाप्त
Saturday, June 7, 2008
भन्नु
विनो दुखिया लामा
लखनपुर-९, रामेछाप
lama_bhinu98@yahoo.com
रगत भन्दा प्यारो
यी चुम्बनका मित्रहरु
मैले विस्रंु कसरी
एउटै भूगोलको परिधिमा
उनीलाई समेट्न नसकिदा
म के भन्नु
उही समाकालीन बेदना
दुई आत्माको परिपुरक
विसर्िन नसक्ने अनगिन्ती
अविश्मरणहरु
खै कसरी भन्नु
यी क्षतविक्षतका कुराहरु
अलो दुखिरहेका घाउहरु
खै म कस्लाई भन्नु
तैपनि
जिन्दगीको आशा लागुनजेल
रेटिएका/दुखिरहेको यी मन भित्र
सम्हाल्ने कोशिस गरिरहन्छु म
सम्झीरहन्छु
खोजीरहन्छु
रोजीरहन्छु
समाप्त
लखनपुर-९, रामेछाप
lama_bhinu98@yahoo.com
रगत भन्दा प्यारो
यी चुम्बनका मित्रहरु
मैले विस्रंु कसरी
एउटै भूगोलको परिधिमा
उनीलाई समेट्न नसकिदा
म के भन्नु
उही समाकालीन बेदना
दुई आत्माको परिपुरक
विसर्िन नसक्ने अनगिन्ती
अविश्मरणहरु
खै कसरी भन्नु
यी क्षतविक्षतका कुराहरु
अलो दुखिरहेका घाउहरु
खै म कस्लाई भन्नु
तैपनि
जिन्दगीको आशा लागुनजेल
रेटिएका/दुखिरहेको यी मन भित्र
सम्हाल्ने कोशिस गरिरहन्छु म
सम्झीरहन्छु
खोजीरहन्छु
रोजीरहन्छु
समाप्त
Tuesday, March 4, 2008
कविता
शताब्दीका मान्छेहरु
विनो दुखिया लामा
लखनपुर-९ पुँडीटार, रामेछाप
lama_bhinu98@yahoo.com
बाँचेर रहे उही उमङ्गा बोकी तर मनभरी
प्रचुर माया र दर्दनक दुःखान्त हुँदोरहेछ यहाँ
यी भूगोलै भरी चेतनाशिल मान्छे-मान्छेमा नि
कैही यहाँ दुरुहको जिन्दगी
त कसैको छ इच्छा विनाको
यी नै त रहेछ २१ औं शताब्दीको
मान्छे-मान्छेको खिचतानी
जन्मेर यहाँ मनुष्यत्वको नाममा छ कलङ्ग कोही, कैंही
जस्तो कि ! बुद्ध र कृष्ण नपाउदो रहेछ खोजेर यो युगकै कलिमा
गर्छन् जस्ले चुस्यैं र फाटयैं छ दिन राज उसैको
जमान त ! गएको हो कि सत्यत्वको र इमान्दारीताको यहाँ
यी २१ औं शताब्दीको मान्छे-मान्छेहरुको नि ।
समाप्त
विनो दुखिया लामा
लखनपुर-९ पुँडीटार, रामेछाप
lama_bhinu98@yahoo.com
बाँचेर रहे उही उमङ्गा बोकी तर मनभरी
प्रचुर माया र दर्दनक दुःखान्त हुँदोरहेछ यहाँ
यी भूगोलै भरी चेतनाशिल मान्छे-मान्छेमा नि
कैही यहाँ दुरुहको जिन्दगी
त कसैको छ इच्छा विनाको
यी नै त रहेछ २१ औं शताब्दीको
मान्छे-मान्छेको खिचतानी
जन्मेर यहाँ मनुष्यत्वको नाममा छ कलङ्ग कोही, कैंही
जस्तो कि ! बुद्ध र कृष्ण नपाउदो रहेछ खोजेर यो युगकै कलिमा
गर्छन् जस्ले चुस्यैं र फाटयैं छ दिन राज उसैको
जमान त ! गएको हो कि सत्यत्वको र इमान्दारीताको यहाँ
यी २१ औं शताब्दीको मान्छे-मान्छेहरुको नि ।
समाप्त
Subscribe to:
Posts (Atom)